भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा मेलम्चिको पानी वितरण सुरु भएको छ ।
बालकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जेठ ११ गते बाट बालकोट क्षेत्रमा मेलम्चिको पानी वितरण सुरु भएको जनाएको छ ।
समितिले जेठ ११ गते एक सुचना प्रकाशन गरी विहान बेलुका विभिन्न स्थानमा पानी वितरण गर्ने तालिका सार्वजनिक गरेको थियो ।
यसअघि काठमाडाैं र ललितपुरमा मात्र मेलम्चिकाे पानी वितरण हुदै अाएकाे थियाे ।
