Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी– धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

Sambridinews by Sambridinews
मङ्लबार, माघ २३, २०८०
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी– धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ २३, सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले जबर्जस्ती धरहरामा सवारी पार्किङ राख्न लगाउनु विधिको शासनको उल्लंघन भएको बताएकी छन् ।

महानगरपालिकाले न्युरोडका सडकहरुबाट सवारी पार्किङ हटाएर विकल्पमा धरहराको भुइँतलामा पार्किङ प्रयोगमा ल्याएको छ ।

You might also like

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

यसका लागि महानगरले सम्बद्ध मन्त्रालयसँग समन्वय नै नगरेको मन्त्री गुरुङको जिकिर छ । प्रतिनिधि सभाको सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महानगरपालिकाले आयोजना र निर्माण व्यवसायीलाई जानकारी नै नगराइ पार्किङको व्यवस्था गरेको बताइन ।

उनले भनिन्, ‘महानगरपालिकाले आयोजना र निर्माणव्यवसायीलाई जानकारी नगराइकन सर्वसाधारणका लागि धरहरामा पार्किङको व्यवस्था गरिएको छ भनेर भन्नु भएपछि समस्या हुने भयो, हामीले पनि छिटो सम्पन्न गर्ने भनेर खोजेका थियौ ।’

भूकम्पमा ढलेको धरहरा नयाँ स्वरुपमा निर्माण भएर उद्घाटन पनि भइसकेको छ । तर, मन्त्री गुरुङले धरहरा निर्माण पुरा हुनै बाँकी रहेको बताइन । ‘२ सय ५० वटा चार पाङ्ग्रे सवारी पार्किङ व्यवस्था गर्न सकिन्छ भने ६ सय वटा दुई पाङ्ग्रे साधन राख्न मिल्ने तीन तल्लाको बेसमेन्ट सहितको बनेको छ ।

तल अक्सिजन, लाइट, आगलागीबाट बच्नको लागि उपाय र सीसीटीभीको व्यवस्था गर्ने काम पुरा नहुँदै महानगरले जबरजस्त ढंगले जुन यातायातहरु राख्ने व्यवस्था गर्नुभयो त्यो विधिको शासनभित्र पर्दैन,’ उनले भनिन् ।

यस्तै, उनले समन्वय र सम्पर्क नगर्ने कुरा सान्दर्भिक नभएको भन्दै यसरी नै जाने हो भने यसले राम्रो परिणाम नदिने बताइन ।

उनले भनिन्, ‘त्यहाँ केही समस्या आयो भने को जिम्मेवार हुने रु निर्माण सम्पन्न नभइकन त्यस्तो गर्नु विधिका शासनको उल्लंघन हो ।

समन्वय र सम्पर्क नगर्ने कुरा सान्दर्भिक हुन सक्दैन । त्यसको जवाफदेही हामी हुन सक्दैनौ, त्यसो हुनाले अहिले त्यो काम रोक्नु भनेर पत्र पठाएको हो त्यसको कुनै जवाफ छैन । यसरी नै जानु भयो भने राम्रो परिणाम दिँदैन ।’

उनले विगतको सरकारले धरहरा निर्माण पुरा भयो भनेर उद्घाटनमा हतार गरे पनि योजनाअनुसार पुरा हुनै बाँकी रहेको बताइन ।

‘धरहरा सम्पन्न भयो भनेर उद्घाटन भएको एउटा विषय हो, धरहराको बनावट बनेको छ, एकीकृत त्यसको जुन योजना हो त्यो बनेको थिएन र अझै पनि सम्पन्न हुन बाँकी छ,’ उनले भनिन्, ‘त्यो हिसाबले पहिलानै धरहराको उद्घाटनको विषय पनि आफैंमा प्रश्न छ ।’

निर्माण पुरा नहुँदै प्रयोगमा ल्याउन हतारिँदा दुर्घटना भए जिम्मेवारी कसले लिने भन्ने प्रश्न जटिल हुने उनले बताइन ।

Related

Previous Post

किक बक्सिङ टोली भारत जाने

Next Post

अभिनेत्री प्रियंका कार्कीद्धारा नेपाल कै पहिलो मनोरन्जन पार्कको उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
अभिनेत्री प्रियंका कार्कीद्धारा नेपाल कै पहिलो मनोरन्जन पार्कको उद्घाटन

अभिनेत्री प्रियंका कार्कीद्धारा नेपाल कै पहिलो मनोरन्जन पार्कको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बास्केटबल टोली चीन जाने

बास्केटबल टोली चीन जाने

शुक्रबार, जेष्ठ २५, २०८१
नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

सोमवार, फाल्गुन ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.