Monday, July 28, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन : सरोकारवाला

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन : सरोकारवाला
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्काे विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंमा भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स सत्रमा बोल्दै अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।

नयाँ विश्व भनेको नयाँ ग्रह बनाउने नभएर अहिलेको विश्वलाई नै बालबालिका एवं किशोरकिशोरीका समस्यालाई समाधान गर्दै उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न र आफ्नो भविष्य कोर्न सक्ने वातावरण बनाउन पर्ने उनीहरूको भनाइ थियो । उनीहरूले बालबालिका र किशोरकिशोरी भोलिका देश निर्माता भएकाले उनीहरूको सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

You might also like

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने


कार्यक्रमलाई सम्बोधन गर्दै युएनसीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सम्मेलनले बालबालिका तथा किशोरकिशोरीहरुको आवाज सशक्त बनाउन महत्वपूर्ण हुने बताइन् । उनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले यस्ता चुनौतिलाई समाधान गर्ने उपाय खोजी हुने बताइन् ।
उनले वर्तमान अवस्थामा युद्धमा बालबालिकाको ज्यान जाने डरलाग्दो अवस्था आएकोले बालअधिकारको संरक्षण गर्दै विश्वलाई सुरक्षित रुपमा अघि बढाउन सबैको प्रतिबद्वता आवश्यक भएको बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।
त्यसैगरी डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकाका निमित्त एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीले विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने हुन्छ ।’ उनले विशेषगरी पिछडिएका र आदीवासी बालबालिका जो बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित छन् । उनीहरूका अधिकारलाई बिग्रँदो वातावरणीय प्रभावविरूद्ध लड्नका लागि प्रमुख मुद्दा बनाएर अगाडि जानुपर्ने बताइन् ।

कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी युद्ध, आप्रवासन, बेचबिखन, बाढी पहिरो, यौन शोषण लगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्:खद भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकारको लागि दबाब सिर्जना फलदायी हुने बताए । उनले भने, ‘बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि सुझावसहितको दबाब दिन हामी यहाँ उपस्थित भएका छौं ।’
बालबालिका तथा किशोरकिशोरी आफ्नै घरमा असुरक्षित हुनु, घरमा नै भेदभावको सिकार हुनु लगायतका अनेकन समस्याहरूमा फसिरहेको बताउँदै सत्रका वक्ताहरूले यस्ता समस्याको समाधानका लागि जोड दिएका छन् ।
अधिकारकर्मी गौरी प्रधानले मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै बाल बालिकाका सबालमा बालमैत्री अलग्गै कानुन ल्याउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी डा. कुन्दन अर्यालले अहिले पनि विद्यालय शान्ती क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बाल अधिकार प्रत्याभूतीका लागि भयरहित वाताबरणको सुनिश्चितता गर्नु पर्नेमा जोड दिए । उनले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए ।
यस्तै कार्यक्रममा जलवायु परिवर्तनले पनि बालबालिका एवं किशोरकिशोरीहरूमा नकरात्मक प्रभाव पारेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएमका छन् ।

कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । उनले भने, ‘हामीले फरक विश्व बनाउने भनेका होइनांै । सबै एकजुट भएर लाग्यौं भने यही विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ । अध्यक्ष महर्जनले बाल अधिकारका सवालमा सम्पन्न भएको यो सम्मेलनले एउटा इतिहास कोर्न सफल भएको बताए ।
‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिएको यो सम्मेलनमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल गरिएको छ ।
यस्तै वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबामा पनि छलफल भइरहेको छ ।

Related

Previous Post

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै

Next Post

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

Sambridinews

Sambridinews

Related Posts

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

by Sambridinews
आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

by Sambridinews
आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post
पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्डको नोमिनेशन प्रमाणपत्र वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार विरुद्धको लडाईमा सरकार जस्तोसुकै जोखिम मोल्न तयार : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेष्ठ १३, २०८०
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

बिहिबार, अशोज २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम
FEATURED

ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई इभि सञ्चालन सम्बन्धी तालिम

आइतवार, साउन १२, २०८२
वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे
TOP STORIES

वीपीको परिकल्पना समृद्ध राष्ट्र निर्माण नै हो : मन्त्री पाण्डे

आइतवार, साउन १२, २०८२
बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.