Friday, June 6, 2025
Date
बिहि, जेष्ठ २३, २०८२
Thu, June 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी

Sambridinews by Sambridinews
बुधबार, असार ५, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सायम अन्तरकलेज फुटसल असारमा

जनकपुरधाम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छिन ।
राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन ।
उनले मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो भन्दै थुप्रै बालबालिका अहिले पनि हराइरहेका छन् । ती बालबालिकाको अवस्था के छ ? भनि प्रश्न गरिन ।
मन्त्री चौधरी ती बालबालिका कहाँ कुन अवस्थामा छन् ? तीनको पनि खोजी गर्नुस् । बालबालिकाको खोजतलासको कार्य अझै बढाउनुस् । बालबालिकाको खोजी नै हाम्रो पहिलो प्राथमिकता हो भनिन ।
अहिलेको आँकडा अनुसार सबैभन्दा मधेश प्रदेशमै बालबालिकाहरू हराउने गरेको भन्दै उनले ६ हजार बालबालिका हराएका मध्ये ५ हजार २ सय जना मात्रै फेला परेको बताइन । पछिल्लो ११ महिनामा मात्रै १३२८ बालबालिका हराएको र त्यसमध्ये ९९३ जना मात्रै फेला परेको बताउदै मधेस प्रदेश बढी संवेदनशील क्षेत्र भएकाले त्यसमा बढी ध्यान दिन निर्देशन दिइन ।
विगतमा हराएका बालबालिकाहरूमध्ये एभरेजमा ६०/७० प्रतिशत भेटिएको देखिने बताउदै मन्त्री चौधरीले यी घटनालाई कम गर्नका निम्ति अझै धेरै काम गर्न आवश्यक रहेको बताइन ।
उनले समस्याको समाधान खोज्नुपर्ने बताउदै यी घटनाहरू भई रहनुमा कारण के हो त ? परिवार हो कि ? समाज हो कि ? खानपान वा अन्य कारण के हो ? परिवारभित्रको कलह वा अन्य कारण हो कि ? यी कुराहरू पनि खोज्न जरुरी छ भनिन ।
उनले ७५३ पालिका र सात वटै प्रदेशमा यी कामहरू गर्न आवश्यक छ । त्यसका निम्ति नीति बनाएर काम गर्न सरकार तयार छ । मन्त्रालयले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको भन्दै जो संघ, प्रदेश र स्थानीय तह मिलेर कार्यान्वयन हुने बताइन ।
सो अवसरमा उनले छोरीहरूलाई आत्मनिर्भर बनाउने खालको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिंदै छोरीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक छ भनिन ।
उनीहरूलाई सीपमूलक कार्यक्रमहरू चाहिन्छ, संगै सिड मणि पनि चाहिन्छ । यो कुरामा हामीले एक भएर काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन ।
उनले आत्मनिर्भर नहुंदासम्म यस्ता खाले घटनाहरू, हिंसाहरू भइरहनेछन् । यस्ता कार्यक्रम ल्याए केही न केही रूपमा हामीले आत्मनिर्भर बनाउन सक्छौं, नेपालमा अझै पनि बालबालिका केन्द्रित शिक्षण सिकाइ नभएको भन्दै त्यसमा पनि जोड दिन आवश्यक रहेको बताइन ।
उनले बालगृहमा वा बाल सुधार गृहमा के भइरहेको छ भन्ने कुराको अध्ययन, अनुगमन गर्नुपर्ने बताउदै त्यहा बस्दै आएका बच्चा सांच्चिकै कस्तो अवस्थामा छ भनेर अनुगमन निरीक्षण गर्न आवश्यक छ भनिन ।
बालगृहको नाममा कतै नराम्रो काम भइरहेको छ कि ? यसमा अरू कोही मिलेमतो छ कि ? यस्ता कुराहरूमा अनुगमन मूल्यांकन गर्नु पर्ने आवश्यकता पनि औल्याइन । बालबालिका सम्बन्धी ऐन २०६५ बालबालिका सम्बन्धी नियमावली २०७८ बाल न्याय सम्पादन कार्यविधि २०७६ ल्याएको, बाल नीति २०८० पनि पारित भएको उनले बताइन ।
मन्त्री चौधरीले पहिले जिल्ला–जिल्लामा बाल कल्याण समिति थियो । तर अहिले त्यो स्थानीय तहमा वा प्रदेशमा गएको छ । अहिले त्यो नीतिअनुसार सबै ७५३ वटै पालिकामा छुट्टै नीति बनाउनु पर्ने तर बनाउन सकेको छैन भनिन ।

Related

Previous Post

राष्ट्रिय फेन्सिङमा आर्मी च्याम्पियन

Next Post

पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेकाहरू जेल चलान

Sambridinews

Sambridinews

Related Posts

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
आज महाशिवरात्री पर्व

पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेकाहरू जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

मङ्लबार, भदौ १९, २०८०
काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

शनिबार, भदौ ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२
सायम अन्तरकलेज फुटसल असारमा
TOP STORIES

सायम अन्तरकलेज फुटसल असारमा

बिहिबार, जेष्ठ २३, २०८२
मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  
TOP STORIES

मायाले हेरिदेउ भन्दिै आइन् बबिना (भिडियो सहित)  

बिहिबार, जेष्ठ २३, २०८२
नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त
FEATURED

नबिल बैंकको सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

बिहिबार, जेष्ठ २३, २०८२
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
FEATURED

१२ देशका नागरिकलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.