८ माघ, काठमाडाैं । बाग्मती प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ ।
आयोगले सोमबार सूचना प्रकाशित गर्दै बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारी लागि विज्ञापन आह्वान गरेको हो ।
प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाइएको लोकसेवा आयोगले जनाएको छ । इच्छुक आवेदकले माघ २८ गतेभित्र दरखास्त दिइसक्ने छन् ।