बाँके । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ ।
समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जेल प्रशासनले जानएको छ । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् ।
बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा बेलाबेला स्थिति तनापूर्ण हुने गरेको जनाइएको छ ।