Sunday, June 8, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

बबिना भट्टराई र सरला श्रेष्ठको ” गुनासो ” सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २०, २०८०
in TOP STORIES, मनोरञ्जन, समाचार
0
बबिना भट्टराई र सरला श्रेष्ठको ” गुनासो ” सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मायालु संग बबिनाको “गुनासोु
मायालु संग गुनासो पोख्दै “बबिनाु

गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौ
धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ।।।।

You might also like

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले मनमा सजाएकी, मनले पल पल सम्झिरहने, मन भित्रै अटाएकी, मनले रुचाएकी आफ्नी प्रेयसी टाढिदाको भाव यी हरफहरुले बोलेका छन् । यसरी मनमा सजिएकी प्यारी व्यक्ति एकाएक टाढिदा साच्ची नै मन विह्ल हुन्छ, विह्ल मन भक्कानिदा नयनबाट अश्रुधारा बहेको पनि पत्तो हुदैन, उनको याद यति गाढा बनिदिन्छ अव त रुँदिन भन्दा पनि आँसु खसेको पत्तो हुदैन, उनका यादहरु बेस्सरी सल्बलाएर मुटु जलेर खरानी भएको पनि पत्तो हुदैन, आफ्नो मन यति विह्ल हुदाँहुदै पनि उनको मनमा कुनै प्रेमिल भाव नआउदा आफ्ना प्रेमिल शब्द पनि उनको लागि काँडा बनेको अनि आफ्ना आँसुका लहरहरु उनको खुसीमा बाधा बनेको महशुष हुन्छ अनि एउटा पागल प्रेमी उनको खुसीको लागि आफ्नो प्रेमको बलिदान दिदै उनी टाढिनुमा पनि कुनै गुनासो गर्दैन । संगालेको भए देखि सागर बन्ने आफ्ना आँसुका लहरहरु देखिरहदा पनि उनी हाँसिहाँसी बाटो मोडेर गएको देख्दा पनि उ चुपचाप सहिरहन्छ । जसरी बगेको खोला कहिल्यै फर्कदैन त्यसरी नै उनी पनि फर्किन्नन् भन्ने पनि उसलाई थाहा छ, अव उसको लागि विगतमा उनले दिएकी ती प्रेमिलभावका संस्मरण भन्दा बाँकी केहि पनि हैन, ती अमृत भन्दा पनि मीठा मायाका पलहरुलाई नै उसले चिनो ठानेको छ, उनले दिएकी ती स्वर्णिम पलहरुलाई एक्लै सम्झदै ऊ आफ्नो सारा जीवन कटाउन तयार छ तर उनी संग कुनै गुनासो भने उसको छैन ।
सायद उसले बुझेको छ प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो, प्रेममा प्राप्ति मात्रै उपलब्धि होइन केहि प्राप्तिको आशा नराखि आँफूले प्रेम गरेको प्रतिको प्रेमिल भाव नै सबै हो, त्यसैले त उसलाई हासि हासि आँफूलाई छोडेर जाने प्रति पनि कुनै गुनासो छैन । आखिर विगतका प्रेमिल भाव त उनको मनमा पनि त छ नि, उनलाई पनि कुनै बेला ती यादहरुले पिरोल्न सक्छ, दुःख दिन सक्छ, रुवाउन सक्छ, मन हो, पग्लिन सक्छ, फर्किन सक्छ ।।तर आँफूलाई छोडेर, बाटो मोडेर जानेलाई ऊ आफै सम्झाउदै छ मलाई सम्झेर दुःखी नहुनु, जहाँ छ्यौ खुसी हुनु, सम्झेर कहिल्यै नरुनु ।।।।
उसको मायामा न कुनै स्वार्थ थियो न त कुनै लालसा, न कुनै चाह थियो न कुनै आकांक्षा, उसले त निःस्वार्थ माया गरेको थियो, सके सम्म उनलाई खुसी दिने प्रयास गरेको थियो उसका मनका यी सबै भाव उनले बुझेकी थिइन्, यति बुझ्दा बुझ्दै पनि उनले बाटो मोडेकी थिइन्, उनी आफू त बाटो मोडेर नफर्कने गरि गइन् तर उसको मुटु पनि संगै लिएर गइन् । थाहा छैन अव त्यो मुटु उनले कागती सम्झेर निचोर्छिन् कि रु भुङ्ग्रोमा खसाल्छिन् कि लिलामीमा राख्छिन् रु तर उसले भने अव कहिल्यै उनको प्रेमिल भाव पाउने छैन अव त उ एक्लै रुनु छ, हररात सिरानी भिजाउनु छ, छट्पटिमै रात विताउनु छ, उसलाई त दिन पनि रात जस्तै अन्धकार छ, थाहा छ उनी विना बाच्नु बेकार छ र पनि उ उनीलाई कुनै गुनासो नगरिकन बाँच्न विवश छ ।
गीतकार सरला श्रेष्ठ आफ्नो गीत ‘गुनासो छैन’ लाई प्रेम प्रति समर्पित गीत भएको बताउँछिन् । गीतले मिलन र विछोद दुवै भावलाई समेटेको छ । यो गीतको एउटा पाटोले विरहको भाव बोलेको छ भने अर्को पाटोले प्रेम प्रतिको समर्पित भाव बोलेको छ । आँफूले असाध्यै माया गरेको मान्छे अनि आँफूलाई पनि माया गर्ने मान्छेलाई छोडेर उनी टाढिनु दुःखद् हो भने उनी यसरी टाँढिदा पनि उनी प्रति आफ्नो मनमा प्रेमिल भाव उब्जाइरहने, उनी टाढिए पनि गुनासो नगर्ने, उनलाई सुखी र खुसी देख्न चाहिरहने, उनको आँखामा आँसु देख्न नचाहने उसको भाव प्रेमिल भाव हो, सकारात्मक भाव हो भन्ने गीतकार सरला श्रेष्ठको धारणा रहेको छ ।
‘शारदा’ साहित्यिक मासिकको पूर्णाङ्क ११५, २०८० कार्तिक अंकमा छापिएका सरला श्रेष्ठका विवधतायुक्त गीतहरु मध्ये उक्त मासिक पत्रिकाको पृष्ठ ५३ मा छापिएको यो गीत पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा “गुनासो छैन” बोलको गीत सार्वजनिक भएको छ । सरला श्रेष्ठको शब्द रहेको उक्त गीत इमेज एफ।एम। ९७।९ को प्रस्तुति मेची देखि महाकाली सम्म मा र गीतकार सरला श्रेष्ठको अफिसियल युटुव च्यानल मार्फत एक साथ सार्वजानिक गरिएको उक्त गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।
सरला श्रेष्ठका सरल शब्दहरुमा आफ्नो संगीत र स्वर दिन पाउँदा आँफू आनन्दित भएको गायिका तथा संगीतकार बबिना भट्टराई बताउँछिन् । सरल भाव र सरल व्यक्तित्व सरला श्रेष्ठका सरल शब्दहरुले आँफूलाई लोभ्याएको बताउने बबिना सरला श्रेष्ठका गीतहरुले समाज बोलेको, नारी मनोभावना बोलेको तथा प्रेमिल भावको अभिव्यक्ति दिएको आँफूलाई महशुष भएको र वहाँका धेरै गीतहरु सुन्दा तथा अध्ययन गर्दा आफ्नै जीवन अनि आफ्नै समाज बोलेको अनुभूत भएको बताउँछिन् । उनी भन्छिन् ‘वहाँ संगको पहिलो सहकार्य मेरो लागि निकै सुखद् एवं अविश्मरणीय रह्यो । आगामी यात्राहरु पनि यस्तै सुखद् हुने विश्वास लिएकी छु ।’ त्यस्तै गीतकार सरला श्रेष्ठ बबिनाको स्वर र संगीतले आफ्ना शब्दहरुले जीवन्तता पाएको बताउँदै भन्छिन् ‘बबिना एउटा सम्भावना बोकेकी गायिका तथा संगीतकार हुन्, नगन्य मात्रमा महिला संगीतकारहरु भएको अवस्थामा बबिनाको उपस्थितिले नेपाली संगीत क्षेत्र सिंगारिने विश्वास लिएकी छु साथै आगामी दिनहरुमा पनि बबिनाको यस्तै साथले मेरा शब्दहरुलाई जीवन्तता दिई नेपाली दर्शक श्रोताहरु माझ ल्याउन सघाउ पुग्ने आशा लिएकी छु ।’
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी।।।।’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

Related

Previous Post

आन्दोलनरत दुग्ध किसान र सरकारबिच सहमति : आन्दोलन स्थगित

Next Post

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

Sambridinews

Sambridinews

Related Posts

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
Next Post
विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय

सोमवार, कार्तिक २७, २०८०
वीरगञ्ज मालपोत कार्यालय परिसरबाट ८ जना बिचाैलिया पक्राउ

वीरगञ्ज मालपोत कार्यालय परिसरबाट ८ जना बिचाैलिया पक्राउ

सोमवार, माघ १६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.