काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई पछिल्लो चौविस घण्टामा करिव ७० हजार फेसबुक प्रयोगकर्ताले अनफलो गरेका छन् ।
६ लाख ६६ हजार हाराहारीमा फलोअर्स रहेको प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो गर्ने क्रम आज पनि निरन्तर जारी रहेको छ । यो समाचार तयार गर्दासम्म ( १२: ५० बजे ) उनका फलोअर्स ५ लाख ९३ हजार छ सय ७५ मा झरेका छन् ।
मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अभियान चलाएका बताइन्छ। ओली समर्थकहरुले रिपोर्ट गरेका कारण बालेनको पोष्ट फेसबुकले हटाएकाे बालेनका समर्थकको बुझाइ छ ।