१९ फागुन, सुर्खेत ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन९गृह० मन्त्रीहरुको समन्वय बैठक सम्पन्न भएको छ ।
शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जि।सी।को अध्यक्षतामा बसेको बैठकमा प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको हो । त्यस्तै, प्रदेशको शान्ति, सुरक्षाको अवस्थाको सम्वन्धमा अनुभव आदानप्रदान समेत भएको छ । बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जि।सी। सहित बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको उपस्थिति रहेको थियो । बैठकमा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव घिमिरे र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैध्यको समेत उपस्थिति रहेको थियो ।
बैठकले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वय गरि आगामी चैत्र महिनाको पहिलो हप्ता बागमती प्रदेशमा प्रदेश प्रहरी समायोजन लगायतका विषयमा थप छलफल गर्न पुनः समन्वय बैठकको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै मन्त्रीहरुले छिटोभन्दा छिटो प्रदेश प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिएका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
![](https://i0.wp.com/sambridhinews.com/wp-content/uploads/2024/03/IMG-20240302-WA0001.jpg?resize=772%2C1024&ssl=1)