Sunday, July 27, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पेरिस ओलम्पिकको भब्य उद्घाटन

Sambridinews by Sambridinews
शनिबार, साउन १२, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पेरिस ओलम्पिकको भब्य उद्घाटन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा


पेरिस, साउन १२ गते । पेरिस ओलम्पिक– २०२४ को एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार औपचारिक उद्घाटन भएपनि केहि खेलहरु भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेको छ ।
ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशाला बाहिर पहिलो पटक भएको हो । सहभागी टोलीलाई डुंगा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास्ट गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्वचर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो । कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुंगा प्रयोग गरिएको थियो ।
मार्च पास्टमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनीता श्रेष्ठ प्रधानले बोकेका थिए । लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक– २०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको हो । मार्च पास्टमा श्यान्टु र मनीतासहित नेपालबाट ८ जना सहभागी थिए । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी थिए । मार्च पास्टका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुंगामा राखिएको थियो । मार्च पास्ट सहभागी २ सय ६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब ७ हजार मात्र सहभागी थिए । फ्रान्सले १ सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो । पछिल्लोपटक १९२४ को आठौं संस्करण पेरिस सहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेश्रो पटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।
पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । ३ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । टेबलटेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने  छन् । पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन् ।
महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सन्तोषी बाहेक सबै खेलाडी पेरिसमै छन् । सन्तोषी जुलाइ ३० तारिखमा पेरिस आइ पुग्ने छिन् । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ ।
सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेएता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए । गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।
पेरिस ओलम्पिकमा २ सय ६ राष्ट्रका करिब १० हजार ५ सय खेलाडीले ३ सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने  छन् । प्रत्येक ४ वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो । ३२ औं संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भएपनि कोभिड– १९ का कारण २०२१ मा भएको थियो ।
यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो ।

Related

Previous Post

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

Next Post

नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

Sambridinews

Sambridinews

Related Posts

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

नेपाल निर्माण उद्योग परिषदद्धारा मौद्रिकनीतिको प्रसंशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

बुधबार, भदौ २७, २०८०
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

शुक्रबार, असार १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.