Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पीडितले चाहे मात्रै कैद मिनाहा गर्ने कानुन बनाउनुपर्ने कांग्रेस महामन्त्री शर्माकाे भनाइ

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १९, २०८०
in TOP STORIES, राजनीति
0
पीडितले चाहे मात्रै कैद मिनाहा गर्ने कानुन बनाउनुपर्ने कांग्रेस महामन्त्री शर्माकाे भनाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार सङ्घीय भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपतिसमक्ष पुगेर माफी दिन सकिने धारणा राखे । तर पीडित परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने उल्लेख गरे ।

You might also like

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

ति पुष्पलाल, यी ओली प्रचण्ड

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

उहाँले भन्नुभयो, ‘अब हामीले कसैलाई माफी दिने हो भने पीडित परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन ? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ ।

माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ । यद्यपि परिवार तयार हुनेबित्तिकै माफी दिइहाल्नुपर्छ भन्ने कुरा पनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभमा पारिएकाे हुनसक्छ । दिनदहाडै खुँडा प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर हिँडेको देख्दा नागरिकमा वितृष्णा हुँदैन ?

नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रूपमा भड्किन्छ । कहिले धार्मिक रूपमा भड्किन्छ । त्यस कारणले अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ ।’

महामन्त्री शर्माले नेपालगञ्जका ‘रिगल डन’ भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिन नहुने बताए । अदालतले याे निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने उनले बताए । महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको उल्लेख गरे ।

Related

Previous Post

कैद माफी मिनाहा सम्बन्धमा प्रधानमन्त्रीलाई आयोगको पत्राचार

Next Post

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया आजदेखि

बुधबार, चैत्र ८, २०७९
वीपी राजमार्गस्थित सेतिदेवि मन्दिर क्षेत्रमा पाटेबाघ फेला : सचेत रहन सर्वसाधारणलाइ आग्रह

मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला

बिहिबार, भदौ ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.