Saturday, June 7, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर

Sambridinews by Sambridinews
सोमवार, अशोज ८, २०८०
in FEATURED, TOP STORIES
0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवाता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच सोमबार ग्रेट हल अफ द पिपलमा भएको द्वीपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो।

विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

You might also like

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ। सो सम्झौतामा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे।

नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल-चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ।

त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ।

यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ। सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ। उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव  रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ। सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा-सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

Related

Previous Post

सर्लाहीको मलंगवामा जारी निषेधाक्षा आजबाट राति मात्र

Next Post

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

Sambridinews

Sambridinews

Related Posts

जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी  

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी  

बुधबार, जेष्ठ १६, २०८१
२०२२ सालअघिदेखि हकभोग गरिरहेका जग्गाधनीलाइ जग्गा दर्ता गर्ने माैक्का

२०२२ सालअघिदेखि हकभोग गरिरहेका जग्गाधनीलाइ जग्गा दर्ता गर्ने माैक्का

बिहिबार, माघ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.