काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस–एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ।
मिश्र ५०५२ मतसहित विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मत पाएका थिए ।
महासचिवमा कांग्रेस –एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।
नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । स्वतन्त्र न्यायपालिका वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।
मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको योजना सुनाए ।
संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पु¥याउने पनि मिश्रले बताए ।
बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी भए ।
शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।