माघ १९, काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना नै नदिएर व्यवसायी पक्राउ गर्न नहुने बताएका छन् । बिहीबार परिसंघको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले छापामार शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।
‘व्यवसायी बसिरहेको समयमा घरमा पुगेर पक्राउ गर्न हुँदैनथ्यो,’ उनले भने, ‘प्रतिष्ठित व्यवसायीको मानमर्दन भएको छ । यसबाट लगानीको वातावरण बिग्रन्छ । व्यवसायीले कारबाही गरेको भएमा कानूनीमाध्यमबाट अदालती प्रक्रियाबाट प्रमाणित भएपछि पक्राउ गर्नपर्थ्यो ।’
तर, सूचना नै नदिएर हठातरुपमा पक्राउ गर्नु गलत भएको अग्रवालले बताए । यो शैलीबाट उद्योगी व्यवसायीको मानमर्दन हुने र लगानीको वातावरण नै बिग्रने उनको भनाई छ ।