काठमाडौं । संसदबाट पारित नगरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थीसंगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् ।
उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।
संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन ।