Sunday, June 8, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात हुने

Sambridinews by Sambridinews
आइतवार, भदौ २४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात हुने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, भदौ २४ गते । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।

यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गरिरहेको छ ।

You might also like

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

दोस्रो चरणको काम अन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे ९रिफिलर० लगायत भौतिक संरचनाको निर्माण भइरहेको उहाँले जानकारी दिनुुभयो । पूर्वाधार निर्माण सम्पन्न भएपछि पेट्रोल र मटितेल पाइपलाइनबाट आयात गरिने उहाँले जानकारी दिनुभयो । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ ।

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मटितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ ।

दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता भएको थियो । जस अन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्क निर्माणको लागत बेहोर्ने छन् । मिश्रित इन्धन राख्‍नका लागि दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुने छ । आइओसीले करिब ७५ करोड भारतीय रुपियाँ खर्च गर्ने छ । दोस्रो चरणको परियोजनाको काम सम्पन्न दुई अर्ब १५ करोड भारतीय रुपियाँ लाग्ने निगमले अनुमान गरेको छ ।

परियोजना सम्पन्न भएपछि अमलेखगन्जसम्म पाइपलाइनमा पेट्रोल ल्याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने निगमले जनाएको छ । पाइपलाइनबाट पेट्रोल आयात गर्दा वार्षिक करिब १५ करोड रुपियाँ बचत हुने निगमले अनुमान गरेको छ ।

पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनु पथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हडताललगायतले समस्या पार्दै आएको थियो ।

हाल पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको निगमले जनाएको छ । मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगन्ज डिपोले वितरण गरिरहेको जनाएको छ । अमलेखगन्जमा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र दुई हजार एक सय किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ ।

Related

Previous Post

हक्की संघको नेतृत्वमा शर्मा

Next Post

मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Sambridinews

Sambridinews

Related Posts

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

मोरक्को भूकम्पस् मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक गर्दै सदस्य सचिव घिसिङ

बुधबार, साउन २४, २०८०

रौतहटको गढीमाइमा दुई समूहबीच भएकाे झगडामा एक जनाको मृत्यु

शनिबार, बैशाख २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.