Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित

Sambridinews by Sambridinews
आइतवार, माघ १४, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
किन दमका रोगीलाई जाडोमा असाध्यै गाह्रो हुन्छ ? भिडियो सहित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ १४, जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधि सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।
चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरुलाई गाह्रो हुने चिकित्सकको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन । ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पर्शुराम विष्ट भन्छन् ।

डा. विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन् । बालबालिकाहरुमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन । ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’ स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरु नष्ट भएर फोक्सो दिर्घकालिन रुपमा फुल्ने कारणले दम हुने भन्दै डा. विस्ट भन्छन् ।

You might also like

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

२ वर्ष लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुईठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरुलाई दम हुने संभावना अत्याधिक हुन्छ ।

बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरुलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरुको उपचार गर्नुपर्ने डा.विस्टको सल्लाह छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धीत हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखापर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाईरहने, दागहरु आउने, केही कुराहरुको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ ।’ उनले भने ।

वाल्यवस्था देखिने सिओपिडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुन सक्छ । पहिला दम भएको होकी हैन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधीहरु खानु हुँदैन । अत्याधिक धुम्रपान गर्ने, दाउरा गुईंठाहरु प्रयोग गर्ने, धुलो धुँवा लगायत प्रदुषणमा काम गर्नेहरुलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शंका गर्न सकिन्छ ।

मुटुको कारण हुन सक्छ दम

त्यस्तै पल्मोलोजिस्ट डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरुलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटकपटक निमोनिया भएर छाती खराब भएका, टिवी भएकालाई दम हुन सक्छ । वंशाणुगत रुपमा पनि दम हुने संभावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरु छ छैन पहिचान गरेपछि पिएफटी (पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।’ डा. विस्ट भन्छन् ।

दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ
दमको रोगीहरुलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नु पर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरु लगाउनु पर्छ ।

जथाभावी अक्सिजन नलगाउँ
प्रायः दमका पुराना रोगीहरुलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभावी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नु पर्छ । ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरुमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गएपनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनु पर्छ ।’

त्यस्तै उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरुलाई अक्सिजनको मात्र ८८ देखि ९२ भएपनि अक्सिजन लगाउनु पर्ने बताए । कहिले काँही भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काँही कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्याउन रोक्न सकिन्छ ।

नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरु उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई पनि हामीले उपचार गरी बचाएका छौं । भेन्टिलेटरमा पुगेका बिरामीहरुलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ ।’ डा. विष्ट भन्छन् ।

त्यसो त, नेपाल मेडिकल कलेजमा दमको विरामीहरुको लागि हप्ताको चार वटा ओपिडी हुन्छ । सिओपिडी हो हैन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरुलाई वाईप्याक दिएर उपचार थाली उनीहरुलाई भेन्टिलेटर सम्म पुग्नबाट रोक्ने गरिन्छ । https://drive.google.com/file/d/1IFmTrgtV71v897_crqmsf7TM-YyedLCy/view?usp=drive_link

Related

Previous Post

‘हरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ’ सांसद भगबती चौधरी

Next Post

चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकजनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post

चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

शनिबार, फाल्गुन २०, २०७९
कराते टोली बंगलादेश प्रस्थान

कराते टोली बंगलादेश प्रस्थान

बुधबार, पुस २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.