Sunday, July 27, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह

Sambridinews by Sambridinews
शनिबार, चैत्र १०, २०८०
in TOP STORIES
0
कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत ९, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकारहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेका छन् । शुक्रबार मन्त्रालयहरुमा नै पुगी उनिहरुले कान्तिपुर मिडियाले श्रम शोषण गरेको भन्दै न्याय दिलाई दिन आग्रह गरेका हुन् ।

नियुक्तिको मितिदेखि श्रमजीवी पत्रकार ऐन, नियमावली तथा श्रम ऐन र नियमावली बमोजिम पाउनुपर्ने पारिश्रमिक, सुविधाहरू तत्काल भुक्तानीका लागि व्यवस्थापनसँग पहल गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

You might also like

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

कान्तिपुर मिडिया गु्रपले लामो समयदेखि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेको छैन । ऐन कार्यान्वयन नहुँदा आफुहरु श्रम शोषणमा परेको कान्तिपुर आन्दोलन संयोजन समितिका संयोजक टिका प्रधानले बताए । उनीहरुले नियुक्तिको मितिदेखि नै कानुन अनुसार पाउनुपर्ने सुविधा आंशिक मात्र पाइरहेको गुनासो गरे । ‘सुविधा माग गर्दा अहिले पनि कम्पनीले आलटाल गर्दै आएको छ । हाम्रो मागमा कुनै सम्वोधन भएको छैन । पछिल्लो १० महिना (असार) यता त पाउनुपर्ने नियमित तलबसमेत पाइएको छैन,’ पिडित पत्रकारहरुले गुनासो गरे ।

कानून बमोजिम पाउनुपर्ने सुविधाको विषय उठाउँदा माग सम्बोधन गर्नुको साटो कान्तिपुरको सम्पादकीय व्यवस्थान तथा मानव संशाधन विभागबाट स्पष्टीकरण सोध्न लगाउने, सरुवा गर्न सिफारिस गर्ने, कुनै सुविधा पाउनु हुन्न, राजीनामा दिनुहोस् भनी सेवावाट हटाउने धम्की दिने लगायतका काम भइरहेको पिडित पत्रकारहरुले श्रममन्त्रीद्वयसँग गुनासो गरे ।

श्रमजीवी पत्रकार संघ, नेपालका तर्फबाट अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरलगायत समग्र सञ्चार क्षेत्रमा श्रम समस्या चुलिएकाले समाधानार्थ मन्त्रीको ध्यानाकर्षण गराए ।
मिडियाले २०८० असोजमा १० वर्षसम्म काम गरेकालाई वर्षको ५० हजार, १० देखि २० वर्ष काम गरेकालाई वर्षको ५५ हजार र त्यो भन्दा माथि काम गरेकालाई वर्षको ६० हजार रुपैयाँ दिने गरी प्याकेज घोषणा गरेको थियो । त्यही प्याकेज समेत अहिले सकिएकाले अब सेवा छाड्नेलाई समेत यो सुविधा दिन नसक्ने सार्वजनिक सूचना कान्तिपुरले जारी गरेको उनीहरुको गुनासो छ ।

श्रममन्त्री अर्यालले ऐन बमोजिम श्रमिकले पारिश्रमिक तथा अन्य सेवा सुविधा कुनै पनि हालतमा पाउनु पर्ने बताए । ‘कुनै पनि क्षेत्रका श्रमिकले ऐन बमोजिमको सुविधा पाउनु पर्छ । तपाईहरुको समस्याको बिषयमा पनि सम्बन्धित निकायसँग छलफल गरी समस्याको समाधान खोज्नेछु,’ मन्त्री अर्यालले बताउनु भयो ।

पिडीत पत्रकारहरुले कान्तिपुर मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू नगरेको, चाडबाड खर्च, उपचार खर्च, सञ्चय कोषमा बचतबारे श्रमजीवी पत्रकार सम्बन्धी नियमावली, २०५३ को नियम २९ बमोजिम नियुक्तिको मितिदेखि नै सञ्चय कोषमा नेपाल सरकारले तोके बमोजिमको आधारभूत पारिश्रमिकका आधारमा रकम जम्मा गरिनुपर्नेमा आंशिक रकम मात्र जम्मा गर्ने गरेको, वार्षिक तलबवृद्धि नगरिएको, सार्वजनिक बिदा बापतको भुक्तानी नगरेको गुनासो गरेका छन् ।

Related

Previous Post

दुग्ध क्षेत्रको सम्भावना, अवसर र चुनौती

Next Post

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

Sambridinews

Sambridinews

Related Posts

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित; प्रदीप ज्ञवाली पराजित

सांसद चन्द्र भण्डारीले विशेष समयमार्फत संसदमा सम्बाेधन

बुधबार, जेष्ठ १०, २०८०
सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

सिस्टममा समस्या आएपछि अर्को सूचना नआउदासम्म राहदानी सेवा बन्द

मङ्लबार, पुस १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.