काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाएर दुबैतर्फ सवारी सुरूभएकाे प्रहरीले जनाएकाे छ ।