Thursday, July 31, 2025
Date
बिहि, साउन १६, २०८२
Thu, July 31, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

Sambridinews by Sambridinews
शनिबार, भदौ २, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।२ भाद्र, नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै एमालेले विभागहरूमा सदस्यहरूको मनोनयन समेत गरेको छ । गत सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।

You might also like

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौँको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।

एमालेले चुनावको बेला बागीरविद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय पनि गरेको छ ।

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको छ ।

पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ ।

६ केन्द्रीय सदस्यको बिदाइ
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। जसअन्तर्गत केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको छ भने चारजनालाई स्वास्थ्यका कारण बिदाइ गरेको छ ।

एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय पनि गरेको थियो।

Related

Previous Post

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

Next Post

राससले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा
FEATURED

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

by Sambridinews
बिहिबार, साउन १६, २०८२
नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

by Sambridinews
बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

by Sambridinews
बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

by Sambridinews
बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
बुधबार, साउन १५, २०८२
Next Post
राससले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने

राससले ग्राहक शुल्कमा ३५ प्रतिशत छुट दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बीपी राजमार्गमा भएकाे भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

शुक्रबार, अशोज १२, २०८०
कराते टोली श्रीलंका प्रस्थान

कराते टोली श्रीलंका प्रस्थान

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा
FEATURED

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

बिहिबार, साउन १६, २०८२
नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

बुधबार, साउन १५, २०८२
गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी
TOP STORIES

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.