काठमाडाैं । इजरायलले सोमबार गरेको हवाइ आक्रमणमा परी अहिलेसम्म ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त आक्रमणमा परी १,६०० भन्दाबढी घाइते भएका छन्। साथै व्यापक सैन्य अभियानको संकेत देखिँदा लेबनानमा मानवीय संकटको सम्भावना देखिएको छ।
इजरायली सनाले लेबननभित्र हिजबुल्ला लक्षित आक्रमणमा उनीहरु रहेको आंशका गरिएको १,३०० स्थानहरुमा मिसाइल प्रहार गरिएको छ। यो सन् २००६ मा दुई देशबीचको ३४ दिने युद्ध भएयताको सर्वाधिक उच्च मानवीय हताहती भएको आक्रमण हो।
इजरायलले अधिकांश मारिने हिजबुल्लाह रहेको दाबी गरेको छ। तर लेबनानको स्वास्थ्य मन्त्रालयले सर्वासाधारणको हताहती भएको बताएको छ। इजरायलका रक्षा बलका प्रवक्ता ड्यानियल हागारीले भने ‘हामीले मारेका धेरै आतंककारीहरू हुन्। जो हतियारको नजिक थिए।’ उनले हिजबुल्लाले निजी घरहरूमा हतियार लुकाएको दाबी गरे। उनले भने ‘सयौं किलोमिटरसम्म पुग्नसक्ने क्रूज मिसाइलहरू, १,००० किलोग्राम वारहेड भएका भारी रकेटहरू, २०० किलोमिटरसम्म पुग्ने मध्यम दुरीका रकेटहरू, छोटो दुरीका रकेटहरू र सशस्त्र ड्रोनहरू रहेको ठाउँमा हामीले आक्रमण गरेका छौं।’ साथै उनले इजरायलको आक्रमण तत्काल नरोकिने बताए।
लेबननको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५०० जनाको मृत्यु भएको, जसमा ३५ बालबालिका र ५८ महिला पनि रहेको जनाइएको छ। यो हमलामा परी १,६५० जना घाइते भएका छन्।
हिजबुल्लाले एक विज्ञप्तिमा इजरायलको ग्यालिलीमा रहेको सैनिक चौकीमा दर्जनौं रकेटहरू प्रहार गरेको दाबी गरेको छ। यसले दोस्रो दिनका लागि हाइफामा रहेको राफाएल डिफेन्स कम्पनीको सुविधालाई पनि लक्षित गरेको जनाइएको छ। इजरायलले एक व्यक्तिलाई विस्फोटका छर्राबाट घाइते भएको जनाएको छ। तर लेबननमा क्षति धेरै गम्भीर रहेको छ।
दक्षिण र पूर्वी लेबननका अस्पतालहरूलाई हवाई आक्रमणमा घाइते भएकाहरूलाई उपचार गर्नका लागि आवश्यक नभएका शल्यक्रियाहरू स्थगित गर्न आदेश दिइएको छ। र शिक्षा मन्त्रालयले सोमबार र मंगलबार उच्च माध्यमिक विद्यालयहरू र प्राविधिक तथा व्यावसायिक कलेजहरूमा कक्षाहरू स्थगित गरेको छ।
इजरायलले नागरिकहरूलाई लडाकुहरूको स्थानबाट टाढा जान चेतावनी दिएको पहिलो पटक हो। सरकारले बताएको छ कि करिब ६०,००० जनालाई इजरायली सिमानाबाट स्थानान्तरण गरिएको छ। लेबननमा, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।