इजरायलको ब्याट याममा हस्तनिर्मित रोबोटको प्रदर्शनी शुरु भएको छ ।
फरक फरक डिजाइन भएका ती रोबोटहरुले कछुवा, हात्ती, चरा लगायतका विभिन्न जनावर तथा पशुपंक्षीहरुको रुप र व्यवहारलाई कुशलतापूर्वक निर्वाह गर्दछन् । आधुनिक प्रविधिद्वारा पारम्परिक र कलात्मक रुपमा रोबोटहरु प्रश्तुत गरिएको छ । मेला हेर्नका लागि अवलोकन कर्ताको भीड लागेको बताइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।