जर्मनी विलासी कार अउडी आधिकारिक रुपमा नेपाल भित्रिएको छ । अउडीले उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको हो ।
काइरोस इन्टरनेसनल काठमाडौंले अउडीका विद्युतीय कार आधिकारीक बिके्रताको रुपमा ल्याएको हो ।
सुरुवाती चरणमा काइरोसले अउडीको क्यू फोर ३५ ई- ट्रेनको दुई भेरियन्ट ल्याएको छ । यो विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्र्ी प्याक रहेको छ । उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवाट रहेको छ ।
अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणीत गरेको छ । अउडीको विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त छ । विश्वका विभिन्न देशमा अउडीको ई -ट्र्ेन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको छ ।
जर्मनीमा उत्पादीत उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको जनाएको छ । सुरुमा २ मोडेल भित्र्याएको कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिएको छ ।
काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई -ट्रेनको नेपाली बजार मूल्य १ करोड ४५लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू ३५ ई -ट्रेन स्पोर्टब्याक भेरियन्टको मूल्य १ करोड ५० लाख रुपैया तोकिएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: