काठमाडौं । मंसिर २५, भारतीय मानवअधिकार परिषद्ले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’बाट नेपालकी सविता उप्रेतीलाई सम्मान गरेको छ । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानवअधिकार परिषद्को प्रतिष्ठित पुरस्कार मानिन्छ ।
उप्रेती अटिजम भएका बालबालिकाहरुको सेवामा क्रियाशील सामाजिक अभियन्ता हुन् । उनलाई संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आइतबार आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो ।
उप्रेती नेपालमा विगत १३ वर्षदेखि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) स्थापना गरी अटिजम भएका बालबालिकाहरुको सेवामा क्रियाशील छिन् । हाल यस संस्थाको काठमाडौं नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छन् । त्यहाँ ६० जना बालबालिका तथा किशोर किशोरीहरुलाई विशेष शिक्षा र थेरापी सेवाहरु प्रदान गरिन्छ ।