काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आयोजना गरेको निबन्ध प्रतियोगितामा रेजा विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा ९५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विष्ट प्रथम भएकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगितामा १० कक्षामा अध्ययनरत विष्ट प्रथम भएकी हुन् । नवोदय शिशुसदन हेटौंडा–४ मा अध्ययनरत विष्टले प्रतियोगिताका ९५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी आयोगका उपसचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
बागमती प्रदेश भित्रका विद्यालयहरूमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागिता प्रतियोगितामा काठमाडौं मोडेल सेकेण्डरी स्कुलका कक्षा १२ मा अध्ययनरत आकांक्षा पाण्डे द्वितीय र पोलार स्टार सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल भरतपुर–८ चितवनमा कक्षा ११ मा अध्ययनरत आदित्य सापकोटा तृतीय भएकाे सापकाेटाले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको निबन्ध मूल्याङ्कन समितिको १५ माघमा भएको बैठकको निर्णयबाट नतिजा सार्वजनिक गरिएको उपसचिव सापकोटाले जानकारी दिए ।