Saturday, May 10, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने सत्तारुढ दलका सांसदकाे माग

Sambridinews by Sambridinews
सोमवार, असार ११, २०८०
in FEATURED, राजनीति
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने सत्तारुढ दलका सांसदले माग गरेका छन् । सत्तारुढ दलका सांसदहरूले पशुपतिको जलहरी प्रकरणबाट संसद्मा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गरेका हुन् । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र सरकारमा रहेको सबैभन्दा ठूलो दल कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्‌मा जानकारी हुनुपर्ने माग गरेका हुन् । सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

You might also like

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रदीप पौडेलले भने, ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन्, टीकाटिप्पणीको रूपमा आएका छन् । यसको छानबिनका निम्ति संसद्ले छानबिन समिति बनाओस् र यसले निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।’

संसद्‌मा यसअघि पशुपतिनाथको जलहरीमा भएको अनियमितताबारे सांसदले बोल्दा रेकर्डबाट हटाउन लगाएको कुराले पनि आमसर्वसाधारणमा सही सन्देश नगएको कांग्रेस सांसद पौडेलको भनाइ थियो । ‘केही दिनअघि यहि सदनमा एक जना माननीयले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो विचारमा यसबाट संसद्ले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ,’ उनले भने ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने क्रममा अनियमितता भएको कुरा राखेका थिए । महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै राखेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठक अवरोध गरेको थियो । त्यसपछि छानबिनको चरणमा रहेको विषय भन्दै नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् अवरोध नहोस् भनेर सत्तापक्ष र प्रतिपक्षबीच सांसद दाहालले बोलेको विषय हटाउने सहमति भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद दाहालले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य जान्ने अधिकार संसद्को रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले भने, ‘जलहरीको बारेमा यो सदनमा व्यापक चर्चा भयो । भएको के हो ? त्यहाँ आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ । कति सुन हराएको हो ? कति सुनबाँकी छ के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदनमा गम्भीरतापूर्वक विषय उठेको हुँदा सत्यतथ्य जानकारी गराउनका निम्ति सम्बन्धित निकायसँग माग गर्दछु ।’

Related

Previous Post

सुन जोख्न अख्तियार पस्यो पशुपति : जलहरीमा ओली लगायतको नाम कुदिएकाे तथ्य फेला

Next Post

मेयर बालेन विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

Sambridinews

Sambridinews

Related Posts

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
Next Post
डेँगू विरुद्ध सचेत रहन मेयर बालेनको आग्रह

मेयर बालेन विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी

बालबालिकाहरू हराउने क्रम मधेश प्रदेशमा बढि छ–मन्त्री चौधरी

बुधबार, असार ५, २०८१
श्री राजदेवि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न ; उत्कृष्ट योगदान गर्ने सदस्यहरु सम्मानित

श्री राजदेवि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न ; उत्कृष्ट योगदान गर्ने सदस्यहरु सम्मानित

बिहिबार, पुस २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.