काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं र तिहारमा बजार अनुगमनबाट ३१६ वटा व्यापारिक फर्मलाई जरिजाना गरेको छ ।
यो अवधिमा महिनामा बजार अनुगमनबाट ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
विभागकाअनुसार यस अवधिमा २७ वटा वस्तु तथा सेवा क्षेत्रमा १४ सय २६ वटा अनुगमन भएको थियो । सबैभन्दा धेरै अनुगमन खाद्य वस्तु क्षेत्रमा भएको थियो ।
यस अवधिमा खाद्यान्नका १४७, लत्ता कपडाका ३० र मार्ट तथा मिनीमार्टमा १३ वटामा अनुगमन भएको थियो। जसमध्ये ४१३ वटा फर्मबाट थप कागजात माग गरिएको र ७२ वटा फर्मको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।
नष्ट गरिएका वस्तुको बजार मूल्य ३० लाख रुपैयाँ हाराहारी छ । यस्तै ६१६ वटा फर्म अनुगमनमा क्रममा सामान्य अवस्थामा भेटिएका थिए ।
यस अवधिमा बजार अनुगमनका लागि ३९२ वटा टोली परिचाल नगरिएको पनि विभागले जनाएको छ ।