काठमाडौं, कात्तिक १६, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए। नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ प्mयुचर’ का साथै खेलकुदका विविध पक्ष बारे छलफल भएको थियो ।
राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिता बारे यकिन हुन चाहेको बताउदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए ।
खेलकुद मन्त्री लिम्बूले नेपाल÷रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागितका लागि गम्भीर रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गेम्सको विविध पक्ष बारे जानकारी लिएका थिए । सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिता बारे पनि कुराकानी भएको थियो ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: