Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, २७ माघः द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु...
Read moreकाठमाडौं । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो । कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई/डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी/डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ । नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ । सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । ‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आम उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,’ उनले भनिन् । कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।
Read moreकाठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे ३७ करोड नाफा कमाएको छ । कम्पनी प्रकाशन गरेको चालु आर्थिक...
Read moreकाठमाडौँ / टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट...
Read moreसूचना प्रविधी क्षेत्रमा लगातार तिन दशक देखी सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखी माघ २९ गते सम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधी मेला आयोजना गर्ने भएको छ । बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधी मेलाको तेश्रो संस्करण हो । सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक लाई भेला पार्दै सूचना प्रविधीका विभिन्न प्रगतीहरु, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरि यस्तो मेला प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ । यस मेलाले ब्राण्ड र ग्राहक विचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ । देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै वहाँहरुको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधी, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने छन् । सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् । सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी संचालन गरिने मेलाले जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन् । यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ । ...
Read moreकाठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा दिब्योल...
Read moreकाठमाडौं । विश्व बजारमा चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । चाैधरी ग्रुप अन्तर्गतको सीजी...
Read moreनेपाली बजारको सर्बाधिक लोकप्रिय प्रिन्टर ब्राण्ड ब्रदरले आफ्ना ग्राहकहरुलाई ५० प्रतिशत सम्म छुट दिने भएको छ .विश्व बजारमा भर्खरै लन्च गरिएका ब्रदर टोनर वक्स सिरिजका प्रिन्टरले बजारमा निरन्तर नेतृत्व गर्न सफल भए । अत्यन्त न्यून प्रिन्टिङ् लागतका कारण ब्यावसायिक उपभोक्ता तथा इन्टरप्राईजहरुको पहिलो रोजाईमा पर्न सफल टोनर बक्स सिरिजका प्रिन्टर पछिल्लो अपडेट सहित नेपाली बजारमा ब्रदरको आधिकारीक विक्रेता सागर ग्रुपले लन्च गरेको हो । जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय छन् स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन, ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदरका लोकप्रिय टोनर बक्स सिरिजअन्तर्गत Brother DCP-B7620DW 3-in-1 Laser Printer-Mono, Brother DCP-B7640DW 3-in-1 Laser Printer-Mono र Brother MFC-B7810DW Laser MFC Printer- Mono मोडलका प्रिन्टर रहेका छन् । यस्तै, उक्त सिरिजमै Brother HL-B2100D Laser Printer-Mono, Brother HL-B2150W Laser Printer-Mono र Brother HL-B2180DW Laser Printer-Mono मोडलका प्रिन्टर पनि रहेका छन् । ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्याधिक रुचाएका र आर्थिक रुपमा सर्बाधिक किफायती मानिएका प्रिन्टर पनि हुन् । ब्रदरलाई नेपाली उपभोक्ताको पहुँचमा अझ नजिक पुर्याउँदै नेपाली उपभोक्तालाई आर्थिक रुपमा थप लाभान्वित गराउने प्रमुख उदेश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनी सँगको सहकार्यमा विशेष छुटको घोषणा गरेको छ । “नेपाली उपभोक्तालाई हामी अधिकतम रुपमा लाभान्वित गराउन इच्छुक छौं ।” सागर समूहका भाईस चेअरपर्सन बुद्ध लक्ष्मी मानन्धर भन्छिन्, “ब्रदर आफ्ना उपभोक्तालाई हर तरहले सन्तुष्ट राख्न हमेसा प्रयत्नशिल रहँदै आएको छ ।” उनका अनुसार यो सिरिज अन्तर्गतका ब्रदर प्रिन्टर खरिद गर्दा ५० प्रतिशत सम्मको छुट पाइने छ । न्यूनतम २० प्रतिशत छुट भने उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर मा स्योर सट प्राप्त गर्नेछन् यो छुट ब्रदर टोनर सिरिजको लन्चको अवसर पारेर सागर ग्रुपको कर्पोरेट हाउस (Baleyo Experience Center) कलंकीमा आगामी माघ २3 देखी २९ गते सम्म आयोजना गरिने बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायलमा प्रदान गरिनेछ । सागर ग्रुपले करिव दुई दशक यता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको कम्पनीले बताएको छ । प्रिन्टरमा कुनै पनि किसिमको समस्या आएमा सर्भिस सेन्टरले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी अत्यन्तै सहजताका कार्यान्वयन गर्ने र यथेष्ठ स्पेयर्स पार्टस् स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाईम अत्यन्तै कम रहेको उपभोक्ताहरु स्वयं बताउँछन् । ब्रदरले ग्राहक सेवामा देखाएको प्रतिबद्धताका कारण पनि ब्रदर प्रिन्टर प्रति आम उपभोक्ताको क्रेज चुलिँदै गएको हो । यहाँ स्मरणीय छ, ब्रदरका उत्पादनहरु अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था रहेकाले प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि निक्कै सहज भएको छ । ग्राहकले बेलियो डट कम (baleyo.com) मा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसमेत सक्नेछन् ।
Read moreकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २,...
Read moreकाठमाडाै । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य...
Read moreअध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.