Friday, May 23, 2025
Date
शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३१, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
प्याज र अन्य तरकारीकाे मुल्य आकासियो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन् ।सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट)वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।

You might also like

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

नेपाललाई भारतीय हक्कीको सहयोग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ ।

भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ ।

कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे।

कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले २२ गतेदेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन । कालीमाटी समितिका अनुसार असार १५र१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२र३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपैयाँमा किनबेच भएको थियो ।

कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपैयाँसम्म छ ।

आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् । नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घले आलु तथा प्याज आयात औपचारिक रूपमा बन्दको घोषणा नगरे तापनि भ्याटकै कारण आयात नगरेको जनाएको छ ।

कृषि उपजमा यसअघि भ्याट छुट हुँदै आएको नयाँ बजेटमार्फत छुट खारेज गरिएको छ । जसले गर्दा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएर व्यवसाय गर्दै आएका व्यापारीलाई एकै पटक भ्याटमा जाँदा समस्या भएको छ ।

कालीमाटी थोक व्यापार सङ्घका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारीजन्य वस्तुमा भ्याट लगाउनुभन्दा कर बढाएको भए आफूहरूलाई कुनै आपत्ति नहुने बताउनुभयो । तरकारीको कारोबार गर्नुपर्ने व्यवसायीहरूले अहिले व्यवसाय बचाइदिनुस् भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमक्ष हारगुहार गरेका छन् ।

नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेल भ्याटका दरमा दुविधा भएपछि आयात नगरेको बताए । अधिकांश व्यवसायी भ्याटमा दर्ता नै नभएको समयमा भ्याट लागु हुँदा व्यवसायी र उपभोक्ता दुवै मारमा परेको उनले बताए ।

कालीमाटी तरकारी विकास समितिको तथ्याङ्क हेर्दा प्याज आयातमै भर पर्नु पर्ने अवस्था छ । सो बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।

Related

Previous Post

नागरिकता नपाएका युवककाे माइतिघरमा आत्मदाहको प्रयास

Next Post

हेटाैँडाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

by Sambridinews
शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

हेटाैँडाबाट ५४ लाख रुपैयाँ मूल्य बराबरकाे अवैध सुनसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बाजुरामा भूकम्पकाे धक्का

सोमवार, जेष्ठ २९, २०८०
दक्षिण एसियाली करातेमा स्वनिम र एलिसालाई स्वर्ण

दक्षिण एसियाली करातेमा स्वनिम र एलिसालाई स्वर्ण

बिहिबार, साउन ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु
TOP STORIES

मुर्कीगाउँ र थाँक्रेगाउँमा एकघर एक धारा अभियान सुरु

शुक्रबार, जेष्ठ १०, २०८२
नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.