काठमाडाैं । बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।
भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको बालीमा क्षति गर्ने गरेको मधुवन–२ धनैराका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले अन्नबालीमा क्षति पुर्याउन थालेपछि काचैमा भित्याउनु परेकाे छ ।
भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार-पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ ।
यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर-दोहोर गरिरहेका हुन्छन् ।
गत बर्ष हात्तीको आक्रमणबाट दुइजनाकाे मृत्यु भएको थियो । यस बर्ष पनि हात्तीको आक्रमणबाट एकजनाकाे मृत्यु भइसकेको छ ।