काठमाडाैं । काठमाडौंको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आगो लगाएका छन्।
मंगलबार दिउँसो ३ बजेतिर उनले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। प्रेम आचार्य नाम गरेका व्यक्तिले आफूमाथि आगो लगाएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको बताए। ‘प्रहरी घटनास्थलमा पुगेर आगो निभाएको भन्ने सुनेको छु। थप उपचारका लागि कीर्तिपुर लगिएको छ’, उनले भने।
घटनाबारे थप बुझ्न बाँकी रहेको उनले जनाएका छन्।